उनीहरु कारमा सवार थिए । कार ज्योतिष चौधरीले चलाएका थिए । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद ३ बट्टा र १ पोका तथा खुकुरी १ थान बरामद भएको छ ।
भरुवा बन्दुकसहितका सामग्री कारको दोस्रो सिटको भुइँमा फेला परेको एसएसपी दाहालले बताए । उनका अनुसार यो समूहलाई इटहरीको तरहराबाट रासतालतर्फ जाँदै गर्दा पक्राउ गरिएको हो ।
पक्राउ परेको समूह वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया