इलाम : कृषिको अग्रणी जिल्ला इलाममा आजबाट कृषि महोत्सव सुरू भएको छ ।
इलाम नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय इलाम इलाम उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्रको समन्वयमा कृषि महोत्सव सुरू भएको हो ।
मेलामा चिया, अलैंची, सुन्तला, तरुल, साग लगायतका कृषिजन्य वस्तु राखिएको छ ।
प्रदर्शनीमा विभिन्न कृषक समूह, उद्योग र किसानहरूले उत्पादनको प्रदर्शनी गरेका छन् । सिजन अनुसारको तरकारी फलफूल र कन्दमुल, प्रशोधन सामाग्री प्रदर्शनीमा समावेश गरिएको छ ।
किसानलाई बीउ मात्र दिने भन्दा पनि कस्ता वस्तु उत्पादन भए भनेर हेर्न र किसानको हौसलाका लागि मेला महोत्सव गरिएको नगर प्रमुख केदार थापाले जानकारी दिए ।
यस्ता कार्यक्रमले किसानलाई बजारसम्मको नाता बढ्ने उनको भनाइ छ । किसान र व्यावसायी तथा उपभोक्तासँगको दूरीसमेत नजिक हुने किसान सूर्य रिजालले बताए ।
सोमबारसम्म सञ्चालन हुने कृषि मेला महोत्सव इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृह कल सिटी हलको प्राङ्गणमा सञ्चालन भइरहेको छ ।
महोत्सवमा ३० वटा स्टल राखिएको छ ।
प्रतिक्रिया