छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा बेलबारीको भगवती माविका शिक्षक हुमागाँई पक्राउ

शनिबार, ११ चैत्र २०७९
बेलबारी । मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक बिद्यालयमा अध्यायनरत छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा सोही बिद्यालयका शिक्षक रामु हुमागाँई पक्राउ परेका छन ।
उनलाई छात्राहरुले शनिबार ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय समसेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरुले आफुहरुमाथि पटक पटक दुर्व्यवहार आरोप लगाउँदै उजुरी दिएका छन ।
पिडित छात्राहरुले आफुहरु माथि एक महिना अघि डाँगीहाटमा सम्पन्न रनिङ शिल्डमा सहभागी हुन जाँदा बिद्यालयका शिक्षक हुमागाँइले जबरजस्ती आफनो मोटरसाईकलमा चढाएर बाटोमा शरिरका बिभिन्न अंगहरु छोएको,मोटरसाईकलमा ब्रेक लगाउँदै आफुतिर तानेको लगायत अश्लिल शब्दहरु बोलेको र आफुहरुलाई पटक पटक बिभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको उनीहरुको आरोप छ ।
बिद्यालयमा यो बिषयमा जानकारी गराउँदा बिद्यालयका शिक्षकहरु घर घरमा पुगेर परिवारलाई यो बिषय अरुलाई नभन्नु बेईज्जत हुन्छ भन्ने गरेको,बिद्यालका शिक्षिक शिक्षिकाहरुले बिद्यार्थीको मुख छोपेर आफना कुरा राख्न नदिएको,डर त्रास देखाएर मिल्न दबाव दिएको छात्राहरुको आरोप छ । शिक्षक हुमाागँईले ४ जना छात्राहरुलाई दुब्र्यबहार गरेको पिडितहरुको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार