माघका लागि बैंकहरूले घोषणा गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

सोमबार, २९ पुस २०८१
काठमाडौँ । माघ १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरूको ब्याजदर ०.०१५५ प्रतिशतले घटेको छ । माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यता, नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंकले भने ब्याजदर बढाएको छ । माघमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमईले ५.७५ प्रतिशत, एनआईसी एसियाले ६.६० प्रतिशत, लक्ष्मी सनराइजले ५.७५ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत प्रभुले ६.१० प्रतिशत र नेपाल बैंकले ५.६० प्रतिशत दिने भएका छन् । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइजले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुगाएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार