उदयपुर र खोटाङ जोड्ने सुनकोशीको झोलुंगे पुल भत्कियो

शनिबार, ११ चैत्र २०७९
ऋषि राई उदयपुर । जिल्लाको कटारी नगरपालिका वडा नम्बर १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ बाइटार जोड्ने सुनकोसीको झोलुंगे पुलनिर्माण सम्पन्न नहुँदै दोस्रो पटक भत्किएको छ । कटारी वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार पुलको कटारी तर्पmको खम्बा भत्किएको हो । शुक्रबार एक्कासि पुल भत्किएको वडाध्यक्ष खड्काले बताए । यसअघि पनि पुलको स्ल्याब भत्किएको थियो । स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेकाले पुल भत्किएको आरोप लगाउँदै आएका छन् । वडाध्यक्ष खड्काका अनुसार २०७६ सालमै निर्माण सुरु भए पनि पुल निर्माण हुन सकेको छैन । २०७६ सालमा पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुंगेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याब भत्किएको स्थानीयको दाबी छ । पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएको बारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयले काठको डुंगाबाट जोखिम मोलेर सुनकोसी वारपार गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार