बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०२ माघ २०८१
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार