१२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

विहीबार, ०३ माघ २०८१
काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार