रौतहट प्रहरीद्वारा ६ महिनामा चोरी निकासीतर्फ दुई करोड ४२ लाखबढी संकलन

शुक्रबार, ०४ माघ २०८१
रौतहट । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्स्योट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१–०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगति विवरण अनुसार जबरजस्ती करणीको लागूऔषधको १५ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फर्स्योट भएको उल्लेख छ । लागूऔषधको आव २०८०–८१ मा ११ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्स्योट भएको सार्वजनिक गरिएको विवरणमा छ । कर्तव्य ज्यानका ४ वटा मुुद्दा दर्ता भएकोमा २ वटा फर्स्योट गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । उनका अनुसार चोरी सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएकोमा ३८ वटै फर्स्योट भएको छ । हात हतियार खरखजाना सम्बन्धी ६ वटा मुुद्दा दर्ता भएकोमा ५ वटा फर्स्योट भइसकेको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१–०८२ को पुससम्म मुद्रा सम्बन्धी ४ वटा मुुद्दा दर्ता भएकोमा सबै फर्स्योट भएको उनको भनाइ छ । यस आर्थिक वर्षको पुससम्म ६८ लाख २४ हजार ५ सय ट्राफिक प्रहरीले राजस्व संकलन गर्न सकेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा २ सय ६४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । भन्सार चोरी निकासीतर्फ साइकल १४, मोटरसाइकल १ सय ८, पिकअप २, स्कार्पियो २, सिटी रिक्सा ४ लाई कारवाही गरी २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार