काठमाडौँ : वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
उनलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौँका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो ।
उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया