धरानबाट लागूऔषध सहित एक जना पक्राउ

शनिबार, ०५ माघ २०८१
इटहरी : सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय १८ वर्षीय किसान तामाङलाई निषेधित औषधी ट्रामाडोल ४२३० क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन ३२३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार