सुनको मूल्य घट्दा चाँदी स्थिर, तोलाको कति ?

सोमबार, ०७ माघ २०८१
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको  दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो । त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको  चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार