विराटनगर / तीव्र गतिमा रहेको मोटरसाइकल मोरङको कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा आइतबार राति दुर्घटनामा परेको छ ।
विराटनगर–रंगेली सडकखण्डमा दुर्घटना हुँदा चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको खुलेको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो । पुलमुनि खसेर घाइते भएको अवस्थामा यादवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।
प्रनि श्रेष्ठका अनुसार सिकिस्त अवस्थाका उनको उपचारका क्रममा राति १२ बजेतिर मृत्यु भएको हो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया