धरान : नेकपा एमालेका कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले घर र टोलका हरेक समस्याहरूको समाधानको अगुवाई एमालेले गर्ने बताएका छन् ।
बुधबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह गौरी टोल कमिटीको भेलालाई सम्बोधन गर्दै उनले पूर्वाधार विकाससँगै जनसरोकारका विषयमा एमालेका हरेक पंक्ति परिचालित हुने बताए ।
राप्रपा धरानकी कार्यकर्ता सविता रसाईलीलाई पार्टीमा स्वागत गर्दै राईले भूमिहीन सुकुम्बासी, मजदुर, किसान र उत्पीडित वर्गको पार्टी एमालेप्रतिको जनविश्वास बलियो बन्दै गइरहेको र अब हरेक टोलमा एमाले स्थापित हुने बताए।
भेलाले डिकबहादुर मगरको अध्यक्षतामा १५ सदस्यीय सभागृह गौरी टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कुमारी तामाङ, सचिवमा सविता रसाईली, उपसचिवहरूमा चुडामणी परियार र तारा गन्धर्व चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा धनबहादुर राई (बि), सविना श्रेष्ठ, लक्ष्मी नेपाली, सनज्योती लिम्बू, लोकबहादुर विक, पूर्णिमा तामाङ, रविलाल रोका, कुमार श्रेष्ठ, चन्द्रमाया लिम्बू र सुनीता श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा नेकपा (एमाले) सुनसरी जिल्ला सचिवालय तथा वडा इन्चार्ज नारायण सुवेदी, नेकपा (एमाले) धरान अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगर वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया