इटहरीका सबै विद्यालयमा दुई दिन बिदा

बुधबार, ०९ माघ २०८१
इटहरी : इटहरीका सबै विद्यालयमा दुई दिन बिदा दिइएको छ । बुधबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाले बिहीबार र शुक्रबार बिदा दिएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रमेशकुमार शाहद्धारा जारी सूचनाअनुसार शीतलहर तथा अत्याधिक चिसोका कारण विद्यालयहरूमा पठनपाठन गर्न कठीन भएको भन्दै बिदा दिइएको हो । पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार