सुनसरीमा नवनिर्मित प्रहरी चौकीको भवन डीआईजी अधिकारीद्वारा उद्घाटन

विहीबार, १० माघ २०८१
सुनसरी : नवनिर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको उद्घाटन भएको छ । आज (बिहीबार) एक कार्यक्रमबीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)राजन अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले प्रहरी चौकीको नवनिर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलब्ध हुने बताए । भौतिक पुर्वाधारको अभावमा दैनिक प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर परेपनि नागरिकमा प्रहरी सेवा उपलब्ध गराउँदै आएकाले प्रहरी चौकीले भवन प्राप्त गरेसँगै थप मनोवल बढेको बताए । साथै, दुर्जनको लागि डर र सज्जनको लागि भर भन्ने सन्देशका साथ कोशीमा प्रहरीले सेवा प्रदान गरिरहेको उनले बताए । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले नवनिर्मित भवनको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय, उपाध्यक्ष नीतु कुमारी चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले सम्बोधन गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट उक्त प्रहरी चौकीको भवन निर्माण भएको हो । निर्माण सम्पन्न गरिसक्दा दुई करोड ४१ लाख २३ हजार ९६० रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार