कोशीमा मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

शुक्रबार, ११ माघ २०८१
इटहरी : कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख परशुराम खापुङलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०–८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरे । उनले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताए । मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार