इलाम : इलाम नगरपालिकाले हिउँदे सभाको अवसर पारेर विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शुक्रबार नगरसभाको १६ औँ अधिवेशन पारेर विभिन्न क्षेत्रमा गरेर ४४ जनालाई सम्मान गरेको हो ।
पत्रकारिता क्षेत्रमा कलम चलाउने विजय शेखर भट्टराई र गणेश घिमिरेलाई सम्मान गरेको छ । भट्टराई नेपाल टेलिभिजन तथा घिमिरे रेडियो नेपाल वाणी एफएमका समाचार संयोजक हुन् ।
खेलकुद विधामा हेडबल तर्फ हिमाल राज दहाल, फुटबल तर्फ विनोद श्रेष्ठ, मार्सल आर्ट तर्फ विजय ताम्राकार, तेक्वान्दो तर्फ कुमारी राईलाई सम्मान गरेको छ ।
त्यस्तै नगरको उत्कृष्ट करदाताको रुपमा रोहित वैधल उत्कृष्ट कृषक चिया उद्यमी शरद सुब्बालाई सम्मान गरेको छ ।
सामाजिक संस्थामा हरित महिलाकी अध्यक्ष रिना घिमिरे, साझेदार संस्थामा हेल्भेटासका राहित विश्वकर्मा, नगरस्तरीय समितिमा पाटेनागी पर्यटन समितिका सोमनाथ राई, सहकारी तर्फ ओख्रे दुग्ध सहकारीका जगतबहादुर अधिकारी, स्थानीय परिकार उत्पादनमा बुदिमान राई, कृषि महोत्सवमा उत्कृष्ट कृषकमा हातेमालो कृषक समुहका निर्मला गौतम सम्मानित भएका हुन् ।
त्यस्तै अनिवार्य अवकाश प्राप्त शिक्षकहरूमा जनता माविका चन्द्र बहादुर बस्नेत, विणापानी माविका सुर्य प्रसाद राई, महमाई माविका हरिनाथ फुयाँल, आदर्श माविका धनराज राई, भगवती माविका यामप्रसाद दहाल, वाल्मिकी माविका चित्रदेव सापकोटा, बरबोटे आविका मित्रप्रसाद खनाल र आदर्श माविका कमला श्रेष्ठ सम्मानित भएका हुन ।
२०८० को एसइइमा उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरेको छ ।
सम्मानित हुने विद्यालयहरूमा अमर मावि इलाम, आदर्श मावि, नेपालटार मावि, नारायण आधारभूत विद्यालय, हेरिटेज नेशनल एकाडेमी, ग्रिन भ्यालली एकाडेमी र जुविलेन्ट इलाईट एकाडेमी सम्मानित भएका छन् ।
नगर शिक्षा पदकबाट देउराली आविकी तारादेवी आचार्य, नेपालटार माविकी ढलमाया राई, सुम्बेक माविबाट बालकृष्ण बस्नेत, भगवती माविवाट कमला शिवाकोटी, जुविलेन्ट इलाइटका भुषान्त सुब्बा र रोडोडेन्ड्रका कुलप्रसाद आचार्य सम्मानित भएका हुन् ।
कर्मचारी तर्फलेखा अधिकृत नारायण ढकाल, वडा सचिव लोचन भट्टराई, इन्जिनियर याम्फु राई, सहायक कम्प्युटर अपरेटर रोशन लिम्बु, अनिश पोख्रेल, कार्यलय सहयोगी खनकुमारी खवास, माली चेतनाथ कालिकोटे र विद्यालय सहयोगी लश्रमीकान्त चौलागाँई सम्मानित भएका हुन् ।
स्वास्थ्य सम्बन्धी सहरी स्वास्थ्य केन्द्र भञ्ज्याङ, गोदक र बरबोटे स्वास्थ्य केन्द्र सम्मानीत भएका हुन । नगर प्रमुख केदार थापाको अध्यक्षातामा भएको कार्यक्रममा इलामका अग्रज युद्ध वैध, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै सम्मानितमध्येबाट भुषान्त सुब्बा, रिना घिमिरे र हिमाल दहालले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया