इलाममा बालिकाको शव फेला, घटना शंकास्पद

शनिबार, १२ माघ २०८१
इलाम : इलाममा एक बालिकाको शव फेला परेको छ । माङ्सेबुङ गाउँपालिका १ मा १० वर्षीया सुप्रिया राईको शव फेला परेको हो । उनको घाँटीमा डाम समेत भएकाले घटना घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । उनी मावली घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले जानकारी दिए । घटना शंकास्पद रहेकाले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार