कलेज अफ लमा कानुनमा स्नातकोत्तर तहको अध्यापन सुरू

शनिबार, १२ माघ २०८१
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले कानुनमा स्नातकोत्तर तहको अध्यापन सुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेशप्रसाद निरौलाले जानकारी दिए । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट माग हुँदै आएपनि विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि अध्यापन सुरू गर्ने निर्णय गरेको हो । आंगिक क्याम्पसमा कानूनमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थीहरू महङ्गो शुल्क तिरेर निजीमा पढ्न बाध्य थिए । आंगिक क्याम्पसले नै स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले कम शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर आएको डाइरेक्टर निरौलाले बताए । कानुनमा स्नातकोत्तर तहको अध्यापन साँझमा हुने भएकोले कानुन व्यवसायी र विभिन्न कार्यालयमा कामगर्ने कर्मचारी लाभान्वित हुने निरौलाको भनाइ छ । कलेज अफ लले स्नातक तहको पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पाँच वर्षे बीए एलएलबी दिउँसो र तीन वर्षे एलएलबी कार्यक्रम साँझमा अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार