इलाममा लागूऔषधसहित दुई पक्राउ

शनिबार, १२ माघ २०८१
इलाम : लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित प्रहरीले इलाम र झापाको सीमा क्षेत्र जोरकलशबाट दुई जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–६, कन्याम गुम्बा टोलका २७ वर्षीय पुजन तामाङ र सूर्योदय–८ का ३१ वर्षीय मुस्कान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पुजनको साथबाट खैरो हिरोइनजस्तो देखिने दुई ग्राम ६ सय ६० मिलिग्राम र नगद चार हजार आठ सय ६५ रुपैयाँसमेत बरामद गरेको छ । मुस्कान तामाङको साथबाट दुई ग्राम एक सय ३० मिलिग्राम र नगद एक हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए । प्रदेश १–०१–०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा झापाबाट इलामतर्फ आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पशुपतिनगर इलाका प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार