पाँचथर : रेड स्टार भेट्रान्स बिर्तामोड पाँचथरको फिदिममा आयोजित दोस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको विजेता बनेको छ ।
शनिबार सम्पन्न फाइनलमा प्रतिस्पर्धी आयोजक फिदिम भेट्रान्स क्लवलाई ४–२ गोल अन्तरले हरॉउदै विबिर्तामोड झापाले उपाधि चुमेको हो ।
झापाकोे जीतका लागि खेमराज पोखरेल एक्लैले ३ गोल गरे भने अर्को बुद्व चेम्जोङ १ गोल गरे ।
आयोजक फिदिम भेट्रान्सका तर्फबाट सुवास लिम्बू र अशोक लिम्बूले १–१ गोल गरे ।
जीतस‘गै बिर्तामोडले नगद एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता फिदिमले ५० हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।
झापाका भूपेन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद पाँच हजारसहित पुरस्कृत भए ।
यस्तै, झापाका मिलन बस्नेत वेष्ट गोल किपर, फिदिमका अनील चुडाल बेष्ट डिफेन्स, झापाका प्रेमकृष्ण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, झापाका बुद्व चेम्जोङ वेष्ट फरवार्ड, फिदिमका प्रदेश केसी वेष्ट मिडफिल्ड, झापाका खेमराज पोखरेल हाइ स्कोरर घोषित हु‘दै जनही नगद दुई हजार दुई सयसहित पुरस्कृत भए ।
यस्तै बौद्व भेट्रान्सका ४६ वर्षीय खड्ग नेम्वाङ ज्येष्ठ खेलाडीका रूपमा पुरस्कृत भए । विजेता टिम र खेलाडीलाई प्रमूख अतिथि जिल्ला खेलकुद विकास समिति पॉचथरका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार प्रदान गरे ।
माघ ९ गतेदेखि भएको प्रतियोगिता फिदिम भेट्रान्सले आयोजना गरेको हो । प्रतियोगितामा भारतको एक र नेपालका सात गरी आठ वटा भेट्रान्स टिम सहभागी थिए ।
प्रतिक्रिया