सिकार खेल्ने क्रममा चलाएको गोलीले मृत्यु

मंगलबार, १४ चैत्र २०७९
विराटनगर । ताप्लेजुङको आठराई त्रिवेणीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा ३ का ५२ वर्षीय वीरबहादुर गुरुङले कालीदह जंगलमा सिकार खेल्ने क्रममा गोली चलाउँदा ५८ वर्षीय ललित गुरुङलाई लागेको थियो । गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुरलाई हाङपाङ प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार