आन्दोलनकारीद्वारा वडाध्यक्षलाई हातपात

मंगलबार, १४ चैत्र २०७९
विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्षमाथि कुटपिट गरेका छन् । वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा उनीहरुले वडाध्यक्ष चिन्तामणि पौडेललाई कुटपिट गरेका हुन् । वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै आन्दोलनकारी वडा कार्यालय पुगेका थिए । त्यसक्रममा पौडेलमाथि कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रहरीले जनाएको छ । प्रहरी पुगेर वडाध्यक्ष पौडेललाई उद्धार गरेका थिए । उनी सामान्य घाइते भएका छन् । यसैबीच, वडाध्यक्ष पौडेलले आफ्नो कार्यालयमै आएर आफूमाथि कुटपिट भएको भन्दै आक्रमण गर्नेहरुमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार