धरान आएर पूर्व राष्ट्रपतिले भनिन् – सीपलाई प्रविधिसँग जोड्न आवश्यक

शुक्रबार, १८ माघ २०८१
धरान : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने बताएकी छन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सवको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् । प्रविधिमा नेपालले फड्को मारिरहेको बताउँदै भनिन्, “समयसँगै हाम्रो सीपलाई प्रविधिसँग जोड्न आवश्यक छ ।” मानिसको सोचलाई शिक्षामार्फत प्रविधिसँग जोड्न नसक्दा पछाडि परिरहेको उनले बताइन् । यस महोत्सवबाट प्राविधिक इन्जिनियरिङका विविध विधाहरूमा विद्यार्थीहरूको सिर्जना, प्रतिभाको उजागर हुने भएकोले यसबाट व्यवस्थापन अभिवृद्धिमा महत्वपुर्ण भूमिका हुने उनको भनाइ छ । महोत्सवले विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने स्ववियु सभापति नवीन श्रेष्ठले बताए । उक्त महोत्सवले विद्यार्थीहरूका लागि नवप्रवर्तन र प्रविधिमा योगदान गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार