एक्सचेन्ज अफरको अवधि २ दिन थप

शुक्रबार, १८ माघ २०८१
विराटनगर : श्रीजा अटोमोबाइल्स विराटनगरले आयोजना गरेको टेस्ट ड्राइभ इन एक्सचेन्ज क्याम्प अफरमा ग्राहकहरूको अत्यधिक रोजाइमा लिप मोटरको सी–टेन गाडी परेपछि कम्पनीले एक्सचेन्ज क्याम्पलाई २ दिन बढाएको छ । शनिबार सम्म हुने भनिएको क्याम्पलाई बढाएर सोमबार सम्म थप गरिएको जनाइएको छ । बुधबारबाट सुरु भएको एक्सचेन्ज क्याम्पको अवधि बढाउनका लागि ग्राहकहरु बाटनै आग्रह आएपछि २ दिन थपिएको श्रीजा अटोमोबाइल्सका निर्देशक नवीन खतिवडाले बताए । आज सम्म चलेको एक्सचेन्ज अफर अन्तर्गत ५ ओटा गाडी बिक्री हुनुका साथै १ दर्जन बढी ग्राहकहरूले सी १० गाडी बुकिङ गरेको निर्देशक खतिवडाको भनाइ छ । यस क्याम्पमा ग्राहकहरूले लिपमोटर सी १० र सिट्रोन ई। सी ३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लिपमोटर सि १० नयाँ पुस्ताले रुचाएको विद्युतीय सवारी साधन हो । जसको स्लीक डिजाइन र शक्तिशाली प्रदर्शनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । जसमा स्मार्ट प्रविधिको सुविधाहरू समेत रहेका छन् । यस्तै, सिट्रोन ई.सी ३ उच्चतम् प्रविधिको प्रयोग गरेर विकास गरिएको छ । जसले कार्यकुशलता, स्टाइल र आरामलाई एक समर्पित विद्युतीय सवारी साधनमा एकत्रित गरेको छ । जुन आधुनिक चालकहरूको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। यी दुवै सवारी साधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्छन्, जसले ग्राहकहरूलाई वातावरणमैत्री र दिगो यात्रा गर्नको लागि अवसर प्रदान गर्दछ। कार्यक्रमका आगन्तुकहरूलाई विद्युतीय सवारी साधनहरू टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरू प्राप्त हुनेछन्, साथै निःशुल्क ७ किलोवाटको चार्जर पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार