इटहरी : ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने विषयमा सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको छ ।
मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।
जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा बन्द गरिएको हो । बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ ।
इटहरीको मुख्य चौकमा बन्दको प्रभाव तस्बिरमा हेर्नुहोस्सबै तस्बिरहरू : पवन अधिकारी/प्रदेश खबर ।
प्रतिक्रिया