वृद्ध, अनाथ र विद्यार्थीलाई व्यावसायी सुमन श्रेष्ठले वितरण गरे न्यानो कपडा

आइतबार, २० माघ २०८१
इलाम : इलामका युवा व्यावसायी सुमन श्रेष्ठले जाडो मौसममा न्यानो कपडा वितरण गरेका छन् । उनले वृद्धवृद्धा, अनाथ बालबालिका तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । श्रेष्ठले इलाम नगरपालिका–१० मा रहेको माई भगवती वृद्धाश्रमका १७ जना वृद्धवृद्धा, राहसल बाल अनाथालयका १३ जना अनाथ बालबालिका र इलाम–९ स्थित विद्या आधारभूत प्राविका ३१ जना विद्यार्थीलाई ज्याकेट तथा स्वीटर प्रदान गरेका हुन्। श्रेष्ठले वृद्धाश्रमका ११ जना वृद्धलाई स्वीटर तथा ६ जना वृद्धालाई ज्याकेट प्रदान गरे । उनले अनाथ आश्रमका १३ जना बालबालिकालाई ज्याकेट वितरण गरेका छन् भने विद्यालयका ३१ जना विद्यार्थीलाई ज्याकेट वितरण गरे । श्रेष्ठले वृद्धाश्रम, अनाथ आश्रम तथा विद्यालयमा प्रत्यक्ष पुगेर न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार