मोबाइलको सङ्ख्या र मूल्य यकिन नभए पनि ठुलो मूल्य बराबरको चोरी भएको पाइएको डिएसपी जोशीले बताए । उनका अनुसार पसलमा सिसी क्यामेरा पनि थियो । तर, क्यामेराको फुटेजबाट चोरको पहिचान गर्न प्रहरीलाई गाह्रो परिरहेको छ ।
चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट डिएसपी मोहनविक्रम दाहाल र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सइ चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालित छ ।
चोरीमा संलग्न गिरोहको खोजीमा प्रहरीको विशेष टोलीसमेत परिचालित रहेको डिएसपी जोशीले बताए ।
प्रतिक्रिया