काठमाडौं : मध्य स्विडेनको ओरब्रोमा रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा ६ जना घाइते भएका छन् । यो गोलीबारी स्थानीय समयअनुसार मध्याह्न साढे १२ बजे भएको थियो । गोली प्रहारपछि विद्यालय भवन खाली गराइएको छ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले केही समयअघि ओरेब्रोको विद्यालयमा भएको गोलीकाण्डबारे विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘यो सम्पूर्ण स्विडेनका लागि धेरै दुखद दिन हो ।’ स्विडिस प्रहरी अधिकारी रोबर्टो इडेले भनेका छन् कि यस समयमा उनलाई यो गोलीबारीमा कसैको मृत्यु भएको छ वा छैन भनेर भन्न गाह्रो छ । उनी भन्छन्, ‘अहिलेसम्म केही स्पष्ट छैन ।’ स्विडेनको स्वास्थ्य संस्थाले चारजना घाइतेको शल्यक्रिया गरिएको जनाएको छ । -बीबीसी