काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।
आज (बिहीबार) बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।
घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया