पाँचथरमा गाउँपालिका उपाध्यक्ष कुटिए

विहीबार, २४ माघ २०८१
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का सहित दुई जना माथि कुटपिट भएको छ । बुधवार साँझ साढे छ बजे उपाध्यक्ष सहित पत्रकार कुमार खड्का माथि स्थानीय चेतन लावती र महेन्द्रबहादुर लावती ९याम०ले यासोक बजारमा कुटपिट गरेका हुन । साँझपख यासोक बजारका दिवाकर सेर्माको होटेलमा बजारको फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफल भइरहेका बेला लावतीद्वयले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते भएका उनीहरूको झापा स्थित बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुवै जनाका अनुहार र आँखाका डिल सुनिएका छन् । ‘ल्याडफिल्ड साइडका लागि जग्गा हेरेर साँझ खाजा खाँदै अन्तरक्रिया गरिरहेका स्थानमा आएका आएका यामबहादुरले गाली गलौजम गर्न थाले,संयम हुन अनुरोध गर्दा उल्टै आइलागे ।’ उपाध्यक्ष खड्काले भने । होटल आएर विवाद गरिरहेका महेन्द्रबहादुरलाई सम्झाइ बुझाइ गर्दै घर पु¥याउन गएका बखत आफूलाई आक्रमण गरेका महेन्द्र र चेतनले पुनः होटेलमा आएर उपाध्यक्ष माथि कुटपिट गरेको पत्रकार खड्काले बताए । घटना पछि लावतीद्वयलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकीले जानकारी दिए । यसैबिच नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा र नेपाल प्रेस युनियनको जिल्ला शाखा पाँचथरले विज्ञप्ति निकाल्दै पत्रकार कुटपिटको निष्पक्ष छानबिन गर्न राज्य समक्ष माग गरेका छन् । ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई न्यायिक कार्बाहि गर्न अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार