काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन र तनहुँको उम्मेदवार तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई कांग्रेसले उम्मेदवार बनाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
यसअघि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा लामिछानेसँग श्रेष्ठ पराजित भएका थिए ।
यस्तै, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिवार्चन हुने भएको हो ।
प्रतिक्रिया