बाल यौन दुरुपयोग कसुरमा मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

शुक्रबार, २५ माघ २०८१
खोटाङ : आफूलाई कृषि विज्ञ बताउने खोटाङका मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई आज (शुक्रबार) सजाय निर्धारण गरेको हो । दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए । यस्तै, पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनले बताए । राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार