झापामा १० वर्षीया बालिकालाई करणी गर्ने २१ वर्षीय युवक पक्राउ

शुक्रबार, २५ माघ २०८१
झापा : १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–९ का २१ वर्षीय सञ्जीव आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी दर्ता भएपछि प्रहरीले तत्काल कारबाही अगाडि बढाएको थियो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार