विराटमा क्यान्सर इन्स्टिच्युट सञ्चालन

विहीबार, १६ चैत्र २०७९
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका २ टङ्कीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्स्टिच्युट’ सञ्चालनमा ल्याएको छ । एक अर्ब लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि इन्स्टिच्युट सञ्चालनमा ल्याइएको हो । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार विराट मेडिकल कलेज शिक्षण अस्पतालभित्रै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले एक सय शय्याको इन्स्टिच्युट सञ्चालनमा ल्याइएको हो । रेवन्त रूपमयी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सस्तोमा भरपर्दो गुणस्तरीय उपचार सेवा दिने उनले बताए । उनका अनुसार कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार गरिनेछ । हाल एक सय शय्याको रहेको अस्पताललाई आवश्यकताअनुसार विस्तार गर्ने पनि उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार