गोर्खा गौशाला कृषि फर्मका इन्चार्ज मृत अवस्थामा भेटिए

शुक्रबार, १७ चैत्र २०७९
सुनसरी । सुनसरीको इटहरी–१६ स्थित गोर्खा गौशाला कृषि फर्मका इन्चार्ज ५६ वर्षीय खेमध्वन मल्ल मृत भेटिएका छन् । धनकुटा घर भएका उनको इटहरी–१६ स्थित भित्री सडकको छेउमा को२६प ७१३४ नम्बरको मोटरसाइकल रोकेको अवस्थामा भेटिएको थियो । मोटरसाइकल राखेको ठाउँबाट करिब १५ मिटर पर मल्ललाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीको टोलीले घटनास्थलको प्रक्रिया पूरा गरी शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जनाएको छ । के कारणले उनको मृत्यु भएको हो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार