इलाम कारागारबाट थुनुवा फरार

शुक्रबार, १७ चैत्र २०७९
इलाम । मादक पदार्थ सेवन गर्दै तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको एक महिना बित्दा नबित्दै इलाम कारागारबाट एकजना थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमुना सुधारगृह कारागारका रुपमा परिचित छ । तर यही कारागारबाट थुनुवा फरार आशंका उब्जिएको छ । बिहीबार साँझ साढे ५ बजे पछिको समयमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिएको छ । गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराएको छ । फरार थुनुवाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार खोजी भइरहेको छ । डकैती मुद्धामा कैदी जीवन बिताइ रहेका उनलाई गएको असोज ९ मा पक्राउ परेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार