सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका वडा नं. १ लौकहीमा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
हिजो (मंगलबार) जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा मधुवनतर्फ गइरहेको व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो।
पक्राउ परेका व्यक्ति सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी निवासी २७ वर्षीय अर्जुन माझी हुन्। चेकजाँचका क्रममा उनको साथबाट ट्रामोल ५० लेखिएको १३२ पत्ता (कुल १३२० क्याप्सुल) लागू औषध बरामद गरिएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको र लागू औषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया