रौतहट । रौतहट प्रहरीले ७ वटा गाई सहित दुई जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले राजपुर नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर नगरपालिका वडा न २ फतुवाका ४३ बर्षको ओहिद अन्सारी र यमुनामाइ गाउँपालिका वडा न ३ बस्ने वर्ष २८ को शेख सोहेब आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबाट अवैध रूपमा गाइ र बाछो लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी दीपककुमार रायले बताए ।
उनकाअनुसार मानिस सहित पक्राउ परेको गाइलाइगौर भन्सार कार्यालयमा बुझाइएको छ ।यस विषयमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया