पाँचथरमा कार दुर्घटना: एकको मृत्यु, तीनजना सिकिस्त

शनिबार, १८ चैत्र २०७९
फिदिम । पाँचथरको फिदिम नगरपालिका ३ कान्छिदोकान स्थित मेची राजमार्गमा शुक्रबार राती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त कारमा सवार तीन जना गम्भिर घाईते भएका छन् । प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार दुर्घटना हुँदा झापको बिर्तामोड १ निवासी १८ बर्षीया रश्मी भुजेको मृत्यु भएको हो । गम्भिर घाईते भएकी रश्मीलाई उपचारका लागि पाँचथर अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कारमा सवार बिर्तामोडका राजु भुजेल, सीता भूजेल र लिला भुजेल गम्भिर घाईते भएका छन् । घाईतेहरुको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि रातिनै झापा रेफर गरिएको अस्पतालले जनाएको छ ।ताप्लेजुङदेखि झापा फर्कदै गरेको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार