सुनसरी । सुनसरीबाट खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४, मनकामना टोलका २७ वर्षीय सुरज कुमार ठाकुर रहेका छन् ।
कोशी गाउँपालिका वडा नम्बर १, भन्सार टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा बुधबार दिउसो इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले को २० प ७४४६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक सुरज कुमार ठाकुरलाई लागू औषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका ठाकुर जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका वडा नम्बर ४, मनकामना टोलका २७ वर्षीय बासिन्दा हुन्। प्रहरीका अनुसार ठाकुरले आफ्नो पाइन्टको बाँया गोजीमा लुकाई छिपाई राखेको ८ ०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको छ।
पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया