पाथीभरा केबलकार निर्माण विवादको विषयमा सांसदहरूसँग गृहमन्त्रीको छलफल

विहीबार, १५ फागुन २०८१
काठमाडौं : गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा विवादको विषयमा सांसदहरूसँग छलफल गरेका छन् । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । ताप्लेजुङको पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गृहमन्त्रीले बैठक डाकेका हुन्। केबलकार निर्माण प्रक्रिया अगाडि बढेपछि स्थानीयबासीहरूले केबलकार बन्न नहुने मागसहित आन्दोलन सुरू गरेपछि उक्त विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार