त्यसैगरी कार्यक्रममा अग्रज पत्रकार ललिता भट्टराई पनि नगद १५ हजार रकम सहित सम्मानित भएकी छिन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रमेश विष्ट, विशिष्ट अतिथि तथा महासंघ केन्द्रका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पुरस्कृत तथा सम्मानितद्धयलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अमर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ मोरङमा आवद्ध पत्रकारहरुको अभिलेख रहेको सञ्चार डायरीको विमोचन समेत गरिएको थियो
प्रतिक्रिया