इलाममा जारी अन्तर्राष्ट्रिय महिला गोल्डकप : पुलिस क्लब सेमिफाइनलमा

आइतबार, १८ फागुन २०८१
इलाम : विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार प्रतिद्वन्द्वी बाग्मती यूथ क्लब सर्लाहीलाई टाई ब्रेकरमा हराउँदै पुलिस सेमिफाइनलमा पुगेको हो । रोमाञ्चक खेलमा पहिलो हाफमा दुवै टोलिने गोल रहित बराबरी खेलेका थिए । निर्धारित समयमा पनि दुवै टोलिने गोल गर्न नसकेपछि खेलको विजय टोली टाई ब्रेकरबाट निर्धारण गरिएको हो । टाई ब्रेकरमा ३-१ गोल अन्तरले बाग्मती यूथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको हो । टाई ब्रेकरमा पुलिसको तर्फबाट निरु थापाको प्रहार बाहिरिएको थियो भने बाग्मतीको तर्फबाट सेमि हाङ्मा लिम्बू, विष्णु माया बल र अञ्जलि खवासको प्रहार लाई गोल रक्षक उषा नाथले बचाउ गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । ओएसिस क्लब इलामको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो । सोमबारको खेल विभागीय टोली त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ बिच हुनेछ । https://pradeskhabar.com/?p=88923

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार