कुलमानलाई स्पष्टीकरण सोधिनु गलत, बिजुलीको महसुल नतिरे लाइन काट्न फिल्डमा उत्रिने चेतावनी

आइतबार, १८ फागुन २०८१
काठमाडौँ : ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ)ले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले कुलमानलाई सोधिएको स्पष्टीकरण नै गलत रहेको दाबी गरे । उनले कुलमानलाई स्पष्टीकरण सोधिए पनि उनको गल्ती कसैले भेट्न नसकेको दाबी गरे । ‘स्पष्टीकरण त सोधियो तर, गल्ती के हो थाहा छैन । कुलमान भात खाँदा पनि डराउने मान्छे हो ? त्यस्तो मान्छेले प्राधिकरणमा केही गल्ती गर्‍यो होला त ?’, उनले आइतबार रातोपाटीसँग कुरा गर्दै भने, ‘उनले गल्ती गरेको हो भने कारबाही हुनुपर्छ तर, कारबाहीको लागि पनि गल्ती त भेट्नुपर्‍यो नि !’ उनले कुलमानकै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको उल्लेख गर्दै कुलमानमा विद्युत् क्षेत्रको विकासबाहेक अरु चिन्ता नभएको दाबी गरे । ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई हटाउन खोजेपछि राज्यमन्त्री तामाङले विरोध गर्दै आएका छन् । उनले चैत १० पछि आफू लाइन काट्न निस्कने भन्दै सबैको साथ खोजेकोसमेत बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार