विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिक भारतको जोगबनी–४ इन्द्रनगर टिकुलिया बस्तीमा लागुऔषध कारोबारीबीच गोलि हानहान भएको छ । सोमबार बिहान ४ बजे टिकुलिया वस्तीका अंकित सिंहलाई गोलीको छर्रा लाग्दा घाईते भएका छन् ।
घाईते सिंहको विराट नर्सिङ्ग होममा उपचार भईरुहेको छ । सिंह पनि लागुऔषध कारोबारी हुन् । उनलाई अर्को लागुऔषध कारोबारीले नै गोलि हानेको बुझिएको छ ।यस अगाडी समेत त्यो समूहबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको थियो । भारतबाट लागुऔषध नेपाल पठाउने र नेपालबाट जाने गाँजा भारतमा कटाउने काममा सिंह सक्रिय रहेको प्रहरीको बुझाई छ ।
प्रतिक्रिया