इटहरी । धरान उपमहानगरपालिका २० चिमफुले खोलामा लागू औषध (गाँजा) ओसारपसार भइरहेको सूचना पाएपछि हवाई फायर गर्दै प्रहरीले २३० केजी गाँजा नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।
बिहीबार राति १२ बजे विष्णु पादुका क्षेत्रबाट रेलवे तर्फ जाने जङ्गलको भित्री बाटो हुँदै गाँजा ओसारिरहेका भरियाहरूलाई प्रहरीले रोकेपछि उनीहरू भाग्न थालेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो।
त्यस क्रममा धनकुटा साँगुरी गढी नगरपालिका ९ का ४३ वर्षीय हरि कुमार राई पक्राउ परेका छन्। ९ वटा बोरामा बरामद गरिएको गाँजा तौल गर्दा प्लास्टिक सहित २३० केजी रहेको प्रहरीले जनाएको थियो।
हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ भने फरार व्यक्तिहरूको खोजी जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।
प्रतिक्रिया