असिनापानीले अन्न र तरकारी बालीमा क्षति

मंगलबार, २१ चैत्र २०७९
झापा । हावाहुरीसहित आएको वर्षा र असिनाले झापाका विभिन्न स्थानमा अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ । हावाहुरीसहित दुइ दिनअघि आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहेको उनले बताएका छन् । स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्ने उनले जानकारी दिएका छन् । भद्रपुरका खेमराज खतिवडाका अनुसार असिनापानीले तरकारी बाली, मकै जस्ता खेतीमा निकै क्षति पुर्याएको छ । झापाको कनकाई, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, दुधे लगायत स्थानमा लगाइएको बालीमा क्षति पुगेको छ । खासगरी असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार