रुसद्वारा युक्रेनमा फेरि आक्रमण : २० भन्दा बढिको मृत्यु, आवासीय र प्रशासनिक भवनमा ठुलो क्षति

आइतबार, २५ फागुन २०८१

रुस : रुसले युक्रेनको डोनेट्स्क र खार्किभमा फेरि आक्रमण सुरु गरेको छ । 

युक्रेनी अधिकारीहरूले पछिल्लो रुसी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको जनाएका छन्। शनिबार डोनेट्स्कमा भएको आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जसमा ६ जना बालबालिका पनि रहेका छन् । शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क शहरको उत्तरपश्चिममा अवस्थित छ । युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो । अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी दिन प्रतिबन्ध लगाएपछि रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको जनाइएको छ । यसअघि, गत हप्ता, राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिकी राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको थियो। रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गर्ने उद्देश्यले भएको बैठक चर्को बहसमा परिणत भएको थियो । ट्रम्पले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोचमा रहेको बताएपछि युक्रेनमाथि यो आक्रमण सुरु भएको बीबीसीले उल्लेख गरेको छ  । रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनमा रुसको पछिल्लो आक्रमणपछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा जब तपाईं कुनै बर्बरलाई खुसी पार्नुहुन्छ तब यस्तै हुन्छ, धेरै बम, धेरै क्रोध, धेरै पीडितहरू भन्दै पोष्ट गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार