विमानस्थलमा सुरक्षा व्यवस्था कडा, यात्रु र स्टाफबाहेक अरुलाई प्रवेश निषेध !

आइतबार, २५ फागुन २०८१
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह एकसातापछि आज काठमाडौं फर्कने भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वराजा शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी समूहले काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारी गरेपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाई गरिएको हो। हाल विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको बताइएको छ । साथै उक्त प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए । प्रहरीबाहेक सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको इन्टेलिजेन्स टोलीसमेत खटिएको छ । झण्डै २५ सय बढी सुरक्षाकर्मी सडकमा उतार्ने तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार